गृहपृष्ठ Featured पूर्वमन्त्री भट्टराई : टेम्पो चढेरै संसद आउजाउ गर्छिन्

पूर्वमन्त्री भट्टराई : टेम्पो चढेरै संसद आउजाउ गर्छिन्

कञ्चनपुर–१ बाट निर्वाचित तारा लामा तामाङले आइतबार पूर्वशिक्षामन्त्री विद्या भट्टराई टेम्पो चढिरहेको फोटो सार्वजनिक गरे।

गत वैशाख ८ गते शिक्षा मन्त्रीबाट राजीनामा दिएकी भट्टराईले टेम्पो चढिरहेको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ।

त्यसो त नेताहरू टेम्पो चढेका दृश्य यसअघि पनि सञ्चारमाध्यममा आउने गरेका थिए।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी सार्वजनिक सवारी साधनमै ओहोरदोहोर गर्छन्।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कुनै बेला सार्वजनिक सवारी चढेर नै चर्चामा आएका थिए।

एमाले सचिव गोकर्ण विष्ट मन्त्री पद छाड्नेबित्तिकै ट्याक्सी चढेर गएको दृश्यले पनि प्रशंसा बटुलेको थियो।

अहिले पूर्वशिक्षा मन्त्री भट्टराईको त्यसै गरी प्रशंसा भइरहेको छ।

सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको तस्बिर एमाले सांसद तारा लामा तामाङले नै खिचेका हुन्।

सम्बन्धित् समाचार