गृहपृष्ठ Featured तुलसीपुर उपमहानगरको गाडीले स्कुटरलाई ठक्करलाई दिदाँ २ जना घाइते

तुलसीपुर उपमहानगरको गाडीले स्कुटरलाई ठक्करलाई दिदाँ २ जना घाइते

प्रकाशित मिति:

दाङको तुलसीपुर उपमहानगरपालिकाको गाडी चलाउन सिक्दै गरेकी एक जना कर्मचारीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

मंगलबार बिहान साढे ९ बजेतिर उपमहानगरको यान्त्रिक शाखा प्रमुख तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख ४२ वर्षीया रेवा राउतले गाडी चलाउन सिक्नेक्रममा एउटा स्कुटरलाई ठक्कर दिएको हो।

तुलसीपुर–५ सुकौरा रोडको पानी ट्याङ्की नजिकै रा १ झ १४२ नम्‍बरको गाडीले प्र २ ००१ प १६७९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएको इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए।

तुलसीपुर–५ का ४२ वर्षीय शंकर रेग्मी र उनका नातिनी ४ वर्षीया प्रिन्स बुढाथोकी घाइते भएका छन्।

उनीहरू दुबै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गाडी चालक तुलसीपुर–६ की रावत र गाडी प्रहरीको नियन्त्रणमा छन्।

तुलसीपुरका मेयर टीकाराम खड्काले चैत अन्त्यमा झन्डै एक करोडमा नयाँ गाडी किनेपछि उक्त पुरानो गाडी प्रयोग गर्न छोडेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित् समाचार