कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ट्रेक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ट्रेक्टरमा सवार विजयनगर-२ उक्ठहवा बस्ने अन्दाजी २० वर्षीय श्यामलाल कोरीको मृत्युु भएको हो ।
गम्भीर घाइते भएका कोरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
हुलाकी सडक खण्डको गुगौलीमा तीव्र गतिका कारण लु ३ त ४७९७ नम्बरको ट्रेक्टर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा चालक राजेश गुप्ता र ट्रेक्टरमा सवार श्यामलाल कोरी गम्भीर घाइते भएका थिए ।
ट्रेक्टर चालक राजेश गुप्ताको उपचार भइरहेको छ ।








