भारतको उत्तरी गोवा शिरगाउँमा रहेको लैराईदेवी मन्दिरमा जात्राका क्रममा भागदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । भागदौडको घटना गएराति भएको हो ।
आज बिहान गोवाका मुख्यमन्त्री डा.प्रमोद सावन्तले गोवा जिल्ला अस्पतालमा पुगेर घाइतेहरुसँग भेट गर्नुभएको छ । मन्दिर उत्सवमा गोवा, महाराष्ट्र र कर्नाटकका हजारौं भक्तजन सहभागी थिए ।
मन्दिरमा भएको भागदौडको कारण पत्ता लगाउने प्रयास भइरहेको सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।








