गृहपृष्ठ Featured प्राचिन कपिलवस्तुमा २५६९ औ बुद्ध जयनती भब्य रुपमा मनाईने

प्राचिन कपिलवस्तुमा २५६९ औ बुद्ध जयनती भब्य रुपमा मनाईने

कपिलवस्तु बैशाख २०
बुद्ध नगरी प्राचीन कपिलवस्तुमा २५६९ औ बुद्धजयन्ती भब्यरुपमा मनाउन बिभिन्न कार्यक्रम गरिने भएको छ ।

बैशाख २६ देखि बैशाख ३० गते सम्म बुद्धको क्रिडा स्थल तिलौराकोट सहीत जिल्लाका बिभिन्न स्थानमा जयन्तीका अवसरमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

जयन्ती मनाउने बिषयमा तौलिहवामा सराकारवलाहरुको बैठक बसी ५ दिन सम्म बुद्ध जयन्ती धुमधामसंग मनाउने निर्णय गरिएको हो । बैशाख २७ गते रक्तदान, बैशाख २८ गते बुद्धको झाकी प्रर्दशन, बैशाख २९ गते शान्ति ध्यान यात्रा, बैशाख ३० गते शिशु बुद्धको शोभा यात्रा र स्टेज कार्यक्रम , बैशाख २७ देखि ३० गते सम्म बुद्ध स्थलमा दिप प्रज्जवलन तथा बैशाख २६ देखि ३० गते सम्म बुद्ध स्थलमा सरसफाई कार्यक्रम गर्ने निणय गरिएको हो ।

लुम्बिनी विकास कोष परिषद सदस्य गोपीकृष्ण शर्माले यस बर्ष स्थानीयको बृहद सहभागीतामा प्राचिन कपिलवस्तुमा बुद्ध जयन्ती भब्यरुपमा मनाउने निर्णय गरिएको बताए । जयन्ती मनाउन शर्माको नेतृत्वमा २२ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।

सबै कार्यक्रममा स्थानीयबासीको सहभागीता गराउन उद्योगी ब्यापारी, गैर सरकारी संस्था, पत्रकार, सुरक्षा निकाय लगायत सरोकारवाला सबैलाई समटने शर्माले बताए । यस बर्ष बैशाख ३० गते शिशु बुद्धको शोभा यात्रा भब्यरुपमा निकाल्ने तयारी गरिएको उनले बताए ।

तौलिहवाको जमुहार पुल देखि प्रशासन चोक हुदै तिलौराकोट सम्मो यात्रामा स्थानीय बासीले घरमाथीबाट पुष्प बर्षा गर्ने गरी काम अघि बढाइएको छ । बुद्ध जयन्ती अवधी भर आ– आफनो घरको छतको बुद्धको झन्डा र नेपाली झन्डा राख्न आग्रह गरिएको उनले बताए ।

बुद्ध जयन्ती मनाउन यस बर्ष कपिलवस्तुमा ६ लाख बजेट बिनियोजन गरिएको शर्माले बताए ।

 

कार्यक्रममा बुद्ध सम्बन्धी ज्ञाता गुनाखर गैरे मानव अधिकारकर्मी रबि ठाकुर तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष, गायदीन कुर्मी, राम अचल यादव, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेल महासंघका जिल्ला अध्यक्ष जय प्रका

सुनचादी ब्यवसायी संघका जिल्ला अध्यक्ष देबी प्रसाद बर्मा, गणेश लाल कर्ण लगायतले बुद्ध जयन्तीलाई भब्य र सभ्यरुपमा मनाउन स्थानीयबासीको बृहत सहभागीता हुुन पर्ने बताए ।

सम्बन्धित् समाचार