कपिलवस्तु ।
प्राचिन कपिलवस्तु यातायात प्रालिको दादागिरीले यात्रुहरु मर्कामा परेका छन । २० बर्ष थोत्रा गाडी र लुम्बिनी क्षेत्रमा प्रतिबन्धित म्याजिक जीप चलाउनुका सार्थै मनमानी असल्दा यात्रुहरु मर्कामा परेका हुन । सरकारले २० बर्ष पुराना गाडी चलाउन तथा पर्यटकीय स्थल लुम्बिनी क्षेत्रमा म्याजिक जीप चलाउन प्रतिबन्ध लगाएको छ ।
तर सो यातायाले पैसाको चलखेल गरी निर्वाधरुपमा सो गाडीहरु चलाउदा पनि ट्राफिक प्रहरी र प्रहरी मौन छ । ट्राफिक कार्यालयको युनिट तौलिहवाको बस पार्क नजिकै छ । त्यही युनिट अघि बाट २० बर्ष थोत्रा र म्याजिक गाडीहरु बेरोकटोक निर्बाधरुपमा गुडदा समेत कसैले अहिले सम्म केही कारबाही नगरेको स्थानीयबासीको आरोप छ । थोत्रा गाडी चलाउदा सर्वसाधरणको ज्यान नै जोखिममा पर्ने गरेको छ । एक यातायात ब्यवसायी अनुसार प्रालिमा ५ वटा २० बर्ष पुराना र ५ वटा म्याजिक जीप चलाउने गरिएको छ ।
थोत्रा गाडी चलाउदा तौलिहवा– मर्यादपुर सडक खण्डका एक साता मै ३ वटा गाडी दुर्घटना परेका थिए । नम्बर लु १ ज २५१३, लु १ ज ४३४१ र भे १ ज ५६८ नम्बरको गाडीबाट यात्रुहरु खस्दा सामान्य चोट समते लागको थियो ।
तर यो दुर्घटनालाई समेत गुपचुप राखिएको छ । यस्तै म्याजिक गाडीको रोड परमिट मसेत लुम्बिनी क्षेत्रमा नबने पछि प्रालिले दाङबाट ल्याउने गरेका छन । रोडपरमिट लुम्बिनी क्षेत्रमा नबन्ने भए पछि उनीहरुले दाङबाट कालो प्लेटको म्याजिक जीपको परमिट ल्याई यात्रुबालक गाडीकारुपमा प्रयो गर्ने गरेका छन ।
ध्वनि प्रदुषणका कारण म्याजिक जीपलाई लुम्बिनी क्षेत्रका पर्यटकी स्थलमा चलाउन बर्षो अघि प्रतिबन्ध लगाइएको थियो । प्रालिले बस र जीपहरु बस पार्क भित्रबाट छुटनु पर्नेमा बाटोबाट छुुटने गरेको यात्रुहरुको गुनासो छ । तौलिहवा– मर्यादपुरको ११ किलो मिटरको बाटोको ४० रुपैया भाडा निर्धारण गरिएको छ तर सो यातायातका गाडीले निर्बाधरुपमा ३० रुपैया भारतीय रुपैया वा ५० रुपैया नेपाली रुपैया असुल्दै आएको यात्रुहरुको गुनासो छ । यातायातले टेम्पो अटोलाई समेत चल्न नदिदा टेम्पो धनीहरु समते मर्कामा परेका छन ।
यस बिषयमा प्रतिक्रिया लिन खोज्दा यातायातका अध्यक्ष मोहोम्मद रफिक मुसलमानको मोबाईल स्विचअफ रहेको थियो । जिल्ला ट्राफिक कार्यालयका बरिष्ट सिनियर ईनिस्पेक्टर लिला कुवरले २० बर्ष नाघेको गाडी चलाउन नपाउने बताए ।
उनले म्याजिक जीपको बिषय र बढी भाडा लिएको बिषयमा बुझेर आवश्यक कारबाही प्रकृया अघि बढाउने बताए । यातायात ब्यवस्था ऐन बिपतिर काम गर्नेलाई कारबाही प्रकृया अघि बढाईने उनले बताए ।








