काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हेटौंडामा पछिल्लो एक घन्टामा २१.८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंको सुन्दरीजलमा ७.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३.६, काभ्रेको पाँचखालमा ४.६, चितवनको नारायणी फिल्ड अफिसमा ३.८, तनहुँको खैरेनीटारमा ५, स्याङ्जामा ५.८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।








