कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका–६ का ६१ वर्षीय अतवारी कोरी बिसनपुरबाट पक्राउ परेका हुन्।
जिल्ला अदालत कपिलवस्तुले २०५७ असार १७ गते कोरीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो।
फैसलापछि फरार रहेका कोरीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








