गृहपृष्ठ Featured तिलोत्तमामा आजदेखि दलित ज्ञान उत्सव

तिलोत्तमामा आजदेखि दलित ज्ञान उत्सव

रूपन्देही ।

आजदेखि रूपन्देहीको तिलोत्तमामा दलित ज्ञान उत्सव सुरू हुने भएको छ । स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ गर्न लागिएको हो । रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो।

वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सवमा मानवताको सहर बनाउने नगरपालिकाको दीर्घकालीन लक्ष्यअनुसार ११ प्रतिशत जनसंख्या रहेको दलित समुदायका सवालमा बहस सृजना गर्न ज्ञान उत्सव गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए।

तिलोत्तमा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअनुसार ज्ञानउत्सव गरेको बताए। उनका अनुसार उत्सवलाई दलितको सवालमा दलित तथा गैरदलित समुदाय मिलेर प्राज्ञिक वहस गर्न थालिएको हो।

उपप्रमुख जगेश्वरदेवी चौधरीले गत वर्षको उत्सवभन्दा केही परिस्कृत गरी यो उत्सव गर्न लागिएकाले यसले नयाँ आयाम थप्ने बताइन्। उनले आगामी नीति निर्माणका लागि कार्यक्रमले राम्रो सन्देश प्रवाह गर्ने र सुझाव संकलनसमेत हुने भएकाले आफूहरुले कार्यक्रमलाई सोहीअनुसार सञ्चालन गर्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको बताउँदै त्यसैको सिलसिलामा तिलोत्तमा दलित ज्ञान उत्सव गर्न थालिएको बताए।

उनले मानवताको सहरका रुपमा तिलोत्तमालाई विकास गर्ने रणनीतिअनुसार नै दलित समुदायको योगदानलाई पनि सम्मान गर्न उत्सवले सन्देश दिने बताए।

सम्बन्धित् समाचार