पाकिस्तानी सेनाले भारतले तीन वटा सैन्य हवाई अड्डामा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले प्रेस ब्रिफिङका क्रममा भारतले पाकिस्तानका तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको बताएका हुन् ।
यद्यपि, भारतले अहिलेसम्म पाकिस्तानको यो दावीमा प्रतिक्रिया दिइसकेको छैन ।
सरकारी टेलिभिजनमा पाकिस्तानी सेनाका प्रवक्ता चौधरीले पाकिस्तानी सेनाले यो आक्रमणको जवाफ दिने पनि बताएका छन् । उनले पाकिस्तानी सेनाको एयर डिफेन्स सिस्टमले भारतका अधिकांश मिसाइललाई खसालेको पनि दावी गरेका छन् ।
‘देशको सेना पूर्ण रूपमा तैयार छ,’ उनले भनेका छन् । पाकिस्तानले जुन सैन्य हवाई अड्डालाई निशाना बनाइएको दावी गरेको छ- त्यसमध्ये एक रावलपिन्डीको नुर खान पनि हो । बीबीसीका अनुसार यो पाकिस्तानको राजधानी इस्लामावादबाट १० किलोमिटरको दूरीमा रहेको छ ।








