गृहपृष्ठ Featured बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमको तयारी सुरु

बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमको तयारी सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुर स्थित नगरपालिकाको सभाहलमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।

बैठकले आर्थिक बर्ष २०८२/०८३ का लागी निति तथा कार्यक्रम निमार्णका लागि नगरप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा समिति गठन गरेको छ ।

जसमा नगर उप-प्रमुख रिता कुमारी चौधरी , बिषयगत समितिका संयोजकहरु, शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि सदस्य सचिव रहने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

साथै बैठकले नगर भित्रका ११ वटा वडाको सिलिङ्ग बजेट समेत तय गरेको छ । जनसख्या, भुगोल, राजश्व र भौगोलिक बिकटताका आधारमा न्युनतम १ करोड देखि १ करोड ४१ लाख सम्म बजेट पर्ने गरी वडाको बजेट सिलिङ्ग निर्धारण गरीएको प्रवक्ता पौडेलले बताए ।

कार्यपालिका बैठकमा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले सुरु गरिएका योजनाहरु सम्पन्न गर्ने गरी साथै नगरको आवश्यकतालाई मध्यनजर गर्दै आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ल्याइने बताए ।

सम्बन्धित् समाचार