रूपन्देही ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको अधिवेशनबाट कृष्णप्रसाद अर्याल निर्वाचित भएका छन् ।
शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा २० सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित सदस्यहरुमध्ये एक महिलासहित ३ जना उपाध्यक्ष, एकजना सचिव, एकजना कोषाध्यक्ष र २ जना सह–सचिव मनोनित गरिने उनले जानकारी दिए ।
अधिवेशनको राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए ।