गृहपृष्ठ Featured कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्षमा हरम शरिफ विजयी

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्षमा हरम शरिफ विजयी

प्रकाशित मिति:
कपिलवस्तु ।
जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा हरम शरीफ मुसलमान विजयी भएका छन । उनले ४ सय ६६ मत प्राप्त गरि ९७ मतान्तरले चुनाव जितेका हुन । उनका प्रतिस्पर्धा अर्का उम्मेदवार बाबुराम खनालले ३ सय ६९ मत प्राप्त गरें ।
अध्यक्षमा निर्वाचित मुसलमान एमाले यशोधरा गाउँपालिका कमिटीका अध्यक्ष हुन उनका निकतम प्रतिस्पर्धा रहेका खनाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष हुन ।
अध्यक्ष पदका अर्का उम्मेदवार सुरेश प्रसाद शर्माले ८४ मत  र सच्चिदानन्द त्रिपाठीले ३३ मत प्राप्त गरेको निर्वाचन संयोजक अधिवक्ता नुर मोहम्मदले जानकारी दिए ।
त्यसै गरि चार खुल्ला सदस्य तर्फ ४ सय ६२ मत सहित देवराज पाण्डेय, ४ सय ५१ मत सहित शारदानन्द यादव, ४ सय ३९ मत सहित शोहरत तेली र ३ सय ८१ मत सहित रामजी कुर्मी चौधरी निर्वाचित भएका छन ।
तिन महिला सदस्य पदमा भएको निर्वाचनमा ६ सय ६ मत सहित बन्दना चौधरी, ५ सय २६ मत सहित सुनिता दुवे शुक्ला र ४ सय ३४ मत सहित ईन्दिरा पौडेल देवकोटा निर्वाचित भएका छन ।
कुल १ हजार १२ क्याम्पस सभाका सदस्य रहेको क्याम्पस सभाको बैशाख २७ गते सम्पन्न निर्वाचनमा ९ सय ८२ मत खसेको थियो ।

सम्बन्धित् समाचार