साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सुनको मूल्य एक लाख ९० हजार आठ सय रुपैयाँ थियो। आज चाँदी भने १० रुपैयाँ बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ।