गृहपृष्ठ Featured थप्पड हान्ने र खाने दुवैको जिम्मेवारी खोसियो

थप्पड हान्ने र खाने दुवैको जिम्मेवारी खोसियो

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौंको नागढुङ्गामा थप्पड हान्ने ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर) र थप्पड खाने जनपदका सहायक हवल्दारको जिम्मेवारी खोसिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहद्वारा जनपद प्रहरी मदन खड्कामाथि हातपात भएको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएपछि आवश्यक छानबिनका लागि जिम्मेवारी खोसिएको बताइएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्टीकरण दिएका हुन्।

प्रवक्ता खनालले भने, ‘घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ।’

सम्बन्धित् समाचार