गृहपृष्ठ Featured ३६ अर्ब खर्च भएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शून्य

३६ अर्ब खर्च भएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शून्य

प्रकाशित मिति:

काठमाडौं ।

अन्तर्राष्ट्रिय विमान उडान र अवतरणको लागि ३६ अर्ब खर्च गरेर बनाइएको विमानस्थल शून्य भएको छ ।  ३५ अर्ब ६६ करोड खर्च भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा अन्तर्राष्ट्रिय उडान शून्य भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि त्यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन ।  यसअघि नेपाल वायुसेवा निगमसहित पाँच अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गरेको भैरहवा विमानस्थल सबैले उडान रोकेका छन् । नोभेम्बरदेखि अन्तर्राष्ट्रिय वायुयान कम्पनीहरु भैरहवा गएका थिए ।

विमानस्थलको तथ्यांकअनुसार सन् २०२४ नोभेम्बरदेखि २०२५ मार्चसम्म २३ हजार ३२५ यात्रुले अन्तर्राष्ट्रिय विमानले यात्रु ओसारेका छन् ।  यो चार्टड विमानको समेत तथ्यांक हो । तथ्यांकअनुसार नोभेम्बरमा ४२७९, डिसेम्बरमा ३८७८, जनवरीमा १३६५, फेब्रवरीमा ६७७९  तथा मार्चमा ७०३४ यात्रुले भैरहवाबाट आवात/जावात गरेका छन् ।

सन् २०२५ देखि मार्चसम्मको तथ्यांक अनुसार १५ हजार १४८ यात्रुले भैरहवाबाट यात्रा गरेको तथ्यांक छ । उक्त अवधिमा २९९ उडान भएको थियो ।

यात्रुको समस्याले भैरहवातर्फ विमानकम्पनीहरु जान मानेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण नेपाल नागरिक उड्ड्यन प्राधिकरणले दबाबपछि केही विमान कम्पनी भैरहवा पुगेका थिए ।

कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कार्यले राति १० घण्टा बन्द भएपछि निगमसहित ५ कम्पनीले उडान सुरु गरेका थिए ।  चैत १९ देखि त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आएसँगै भैरहवा जाने कम्पनीहरुले उडान नवीकरण गरेनन् ।

सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले समेत भैरहवा उडान स्थगित गरेको छ ।

सम्बन्धित् समाचार