गृहपृष्ठ Featured जुम्लामा चट्याङ लागेर मरे २१ भेडाबाख्रा

जुम्लामा चट्याङ लागेर मरे २१ भेडाबाख्रा

प्रकाशित मिति:

जुम्ला ।

जुम्ला गुठिचौर गाउँपालका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् ।

गुठिगाउँका किसान हिरबहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का पूर्व वडास्य तथा स्थानीय धनबहादुर बोहोराले जानकारी गराउनुभयो । घरमा ल्याउन रुखमुनि जम्मा गरी राखेको अवस्थामा चट्याङ परेको हो ।

ऐडिका ५० वटा र रोकायाका ३० वटा भेडाबाख्रा छन् । उहाँहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।

चट्याङमा परी भेडाबाख्रा मर्दा किसानहरू दुःखि भएका छन् । गुठिगाउँमा रहेका एक सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार ५ सय जति भेडाबाख्रा रहेको बोहोराले बताउनुभयो । उहाँका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गर्दछ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वि क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरूले बताएका छन् ।

गुठिचौर २ का वडाध्यक्ष दिपबहादुर ऐडिले स्थानीय सरकारबाट हुने सहयोग गरिने जानकारी गराउनुभयो । वडामा रकम नभएकाले पालिकामा रहेको विपद् शाखामा कुरा राख्ने उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार