गृहपृष्ठ Featured भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

प्रकाशित मिति:

भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा विद्युत् शर्टका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गर्नुभएको छ ।

यस्तै तेलङ्गाना राज्यका मुख्यमन्त्री ए रेवन्त रेड्डीले पनि घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश दिनुभएको छ ।

सम्बन्धित् समाचार