वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.९ मा रहेको गौरीशंकर सामुदायिक वन उपभोक्ता समूहले महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम दिएको छ । वनको आयोजना र म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा २५ जना महिलाहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम दिईएको वनका अध्यक्ष जगदिश थारुले बताउनुभयो ।
उहाँले वनको बार्षिक स्वीकृत कार्यक्रम अनुसार नै महिला शसक्तिकरण अन्तर्गत तालिम गरिएको बताउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान, सिपलाई व्यवहारमा उर्तान सक्नुपर्ने भन्दै सामाजिक क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले हरेक क्षेत्रमा नेतृत्व हासिल गर्न व्यक्तिमा बोल्ने कला अपरिहार्य हुने बताउनुभयो । आफुले तालिममा सिकेका ज्ञानलाई घरपरिवारका अन्य सदस्यहरुलाई पनि सिकाउन उहाँले तालिममा सहभागि बालबालिकालाई आग्रह समेत गर्नुभयो ।
उपभोक्ताहरुको माग र आवश्यकताका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
बुद्धभूमि नगरपालिका वडा नं.९ का वडाध्यक्ष प्रमोद आचार्यले महिलाहरुको क्षमता विकासका लागि वनले गरेको यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले महिलाहरुको सर्वाङ्गीण विकासका लागि समाजका हरेक क्षेत्रबी सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले महिलाहरुले माग गरे क्षमता अभिवृद्धिका लागि वडाले समेत आगामी दिनमा विभिन्न कार्यक्रम संचालन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमबाट हासिल गरेका ज्ञानले सहभागिलाई नेतृत्व लिन सक्षम बनाउने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।
तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गर्दै उहाँले निरन्तरको प्रयासले नै बोल्दा लाग्ने डर, क्रास हटदै जाने बताउनुभयो ।
तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै सहभागीले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा कार्यान्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।