गृहपृष्ठ Featured जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

जोगीको भेषमा चोरी गर्ने दुई भारतीय नागरिक सौराहाबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार जोगीको भेषमा व्यक्तिको घरमा पुगेर तन्त्र, मन्त्र गरी नगद र सुन लुटेर हिँडेका व्यक्तिहरुलाई पक्राउ गरिएको हो।

भारतको नंगल देवत, दक्षिण पश्चिमी दिल्ली घर भएका १९ वर्षीय नितिन नाथ र भारतकै नछफगढ साउथ वेस्ट दिल्ली घर भएका २२ वर्षीय मंजित नामका व्यक्तिलाई सौराहाबाट नगद र सुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।

मंगलबार भरतपुर–१० बालमन्दिर रोडस्थित एक घरमा पसेर तन्त्र, मन्त्र गरि लठ्ठ पारेर नगद र सुनको मुन्द्र चोरी भागेको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिहरुलाई पछ्याएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको विषयमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए।

सम्बन्धित् समाचार