गृहपृष्ठ Featured तोलामा एक हजार सात सयले सुनको मूल्य वृद्धि

तोलामा एक हजार सात सयले सुनको मूल्य वृद्धि

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको छ । आज तोलामा १ हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा ३५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी २ हजार २५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित् समाचार