गृहपृष्ठ Featured वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै बाणगंगा

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै बाणगंगा

प्रकाशित मिति:
सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम बाणगंगा नगरपालिकाले विदेशमा जानेहरु र उनीहरुको परिवारका सदस्यलाई सचेत र साक्षरता प्रदान गर्ने उद्देश्यले गरेको रोजगार संयोजक गोमा घिमिरेले जानकारी दिनुभयो ।
नगरप्रमुख चक्रपाणी अर्यालले अहिलेका युवा पुस्ताले पासपोर्ट बनाउँदा वित्तिकै वैदेशिक रोजगारीमा जान हतारो गर्ने गरेको बताउनुभयो । उहाँले उक्त प्रवृतिले दुर्घटना निम्ताउन सक्ने भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । ‘हामीले पासपोर्ट बनाउँदै गर्दा कहाँ जाने ?, कुन काममा जाने ?, कामको दक्षता छ/छैन् ?, कुन म्यानपावर हो ?, कति लगानी हो ? यी सबै कुरा बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीमा जानेबारे परिवारका सदस्यहरुबीच आवश्यक सरसल्लाह गर्नुपर्ने उहाँले बताउनुभयो । नगरप्रमुख अर्यालले वैदेशिक रोजगारीमा जानेहरुले आवश्यक ज्ञान, सिप प्राप्त गरेर मात्र जानुपर्ने बताउनुभयो ।
जसले राम्रो तलबसंगै काममा समेत सहजता हुने उहाँको भनाई छ । उहाँले नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु संचालन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी नगरले कार्यक्रम बताएको बताउनुभयो ।
उनले विदेश जाँदा अनिवार्य रुपमा आवश्यक परामर्श तथा जानकारी लिनुपर्ने बताउनुभयो । समयमै सम्पुर्ण जानकारी प्राप्त गरे भविष्यमा हुन सक्ने सम्भावित घटनाको सहज रुपमा समाधान खोज्न सहज हुने उहाँको भनाई छ ।
रोजगार संयोजक गोमा घिमिरेले कार्यक्रमको बारे जानकारी दिदैं  विदेश जाँदा बनाएका सम्पुर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्ने बताउनुभयो । उहाँले उक्त कागजातहरुको परिवारका अन्य सदस्यहरुले समेत प्रतिलिपी बनाएर सुरक्षित साथ राख्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सो क्रममा वैदेशिक रोजगारीको अवस्था, चरण, चुनौति लगायतको बारेमा चर्चा गर्नुभएको थियो ।

सम्बन्धित् समाचार