वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनौटको लागि राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । नगरप्रमुख चक्रपाणी अर्यालले एक सुचना जारी गर्दै सबै सरोकारवालाहरुलाई यस्तो आह्वान गर्नुभएको हो ।
‘“समृद्ध बाणगङ्गाको मूल आधार, आर्थिक र सामाजिक रुपान्तरण सहितको पूर्वाधार“ भन्ने लक्ष्य प्राप्त गर्ने उद्देश्यले बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पार्न लागेको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनौटको लागि सम्पूर्ण राजनीतिक दलहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरू, बुद्धिजीवी, विषयविज्ञ, व्यवसायी, समाजसेवी, शिक्षक, विद्यार्थी, मजदुर, किसान, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नगरवासीहरूमाझ आफ्ना मूल्यवान राय र सुझावहरू मिति २०८२ जेठ २० गतेभित्र तपसिलमा उल्लेखित लिङ्कमा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ,’ उक्त भनिएको छ ।
साथै नगरप्रमुख अर्यालले विभिन्न संघ संस्थाहरुले नगरपालिका क्षेत्र भित्र काम गर्दा नगरपालिकाको समन्वयमा गर्नुपर्ने र त्यस्ता संस्थाले आफ्नो बार्षिक योजना, कार्यक्रम तथा बजेट स्थानीय तहको बार्षिक योजना कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै नगरपालिकासंग सहकार्य गरी काम गर्न इच्छुक संघ संस्थाहरुलाई यही जेठ २० गतेसम्म आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट bangangamun@gmail.com वा info@bangangamun.gov.np मा पेश गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।