गृहपृष्ठ Featured अब ‘प्रांशु फेशन कलेक्शन’मा ‘बेबी जोन’ पनि

अब ‘प्रांशु फेशन कलेक्शन’मा ‘बेबी जोन’ पनि

प्रकाशित मिति:

कपिलवस्तु ।

छोटो समयमा ग्राहकहरूको मन जित्न सफल भएको प्रांशु फेशन कलेक्शनले अब नवजात शिशुदेखि बालबालिकासम्मका लागि विशेष ‘बेबी जोन’ सञ्चालनमा ल्याएको छ।

दर्शन चोकस्थित पृथ्वीनारायण शाहको सालिक नजिक रहेको यो पसल गुणस्तरीय र सस्तो मूल्यमा कपडा उपलब्ध गराउने केन्द्रका रूपमा लोकप्रिय बन्दै गएको छ।

‘बेबी जोन’ पहिलेको प्रांशु स्टेसनरी रहेको सटरमा स्थापना गरिएको हो। नयाँ व्यवस्थापन र सटर पुनःविन्यासका कारण पसल अझ व्यवस्थित र ग्राहकमैत्री बनेको संचालिका बबिता शर्माले जानकारी दिनुभयो।

महिला, पुरुष तथा बालबालिकाका लागि रु ९० देखि सुरु हुने मूल्य श्रेणीमा आकर्षक कपडा बिक्री गर्दै आएको पसलले अब बच्चाका लागि आवश्यक लुगा तथा खेलौना सामग्रीहरू पनि सजिलै उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरेको हो। पछिल्लो समय कपिलवस्तु मात्र होइन, अर्घाखाँची लगायतका जिल्लाबाट समेत ग्राहकहरू नियमित आउने क्रम बढेको बताइएको छ।

सामाजिक सञ्जालमा ग्राहकहरूले प्रांशु फेशन कलेक्शनलाई गुणस्तरीय र भरपर्दो गन्तव्यको रूपमा चिन्दै आएका छन्। स्वदेशमै बनेका पोशाकलाई प्राथमिकता दिइने र आवश्यकता अनुसार विदेशी ब्रान्ड पनि उपलब्ध गराइने संचालिका शर्माको भनाइ छ।

ग्राहकहरूको सुविधालाई ध्यान दिँदै अनलाइन डेलिभरी सेवा पनि सुरु गरिएको छ। आर्थिक मन्दी र वैदेशिक पलायनको चुनौतीबीच स्थापना गरिएको यस व्यापारिक प्रयासलाई स्थानीय ग्राहकहरूले देखाएको माया र समर्थनप्रति संचालिका शर्माले आभार व्यक्त गर्दै भविष्यमा अझ नयाँ सेवाहरू थपिने प्रतिबद्धता जनाउनुभएको छ।

सम्बन्धित् समाचार