गृहपृष्ठ Featured रुपन्देहीमा दुई समूहबिच झडप : पेस्तोलसहित २ युवा पक्राउ

रुपन्देहीमा दुई समूहबिच झडप : पेस्तोलसहित २ युवा पक्राउ

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ जितवापुर गाउँमा पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए ।

घटना एक जना युवा घाइते भएका छन् । नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ ।

घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार