वैखरी अनलाईन, बाणगंगा ।
मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ मृतकका परिवारलाई ८ लाख बराबरको चेक हस्तान्तरण गरेको छ । लघुवित्तको चारनम्बर जीतपुर शाखाले आईतबार मृतकका परिवारलाई दाबी रकम स्वरुप केन्द्र बैठकमा चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक चित्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

शाखा प्रबन्धक उपाध्याय र अनुगमन कार्यालय जीतपुरका अनुगमन अधिकृत जयन्त भण्डारीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
बाणगंगा नगरपालिका वडा नं.४ मा बसोबास गर्ने रिमा पौडेललाई ५ लाख र मिना पौडेललाई ३ लाखको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक चित्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

रिमा पौडेलले लघुवित्तको केन्द्र नम्बर ८ मा सदस्यता लिई ५ लाख बराबरको कर्जा कारोबार गर्दै आउनुभएको थियो भने केन्द्र नम्बर ६८ बाट मिना पौडेलले ३ लाख बराबरको कर्जा कारोबार गर्दै आउनुभएको थियो ।
दुवैको श्रीमानको केही दिन अघि मृत्यु भएको थियो ।








