गृहपृष्ठ Featured भाटभटेनी तोडफोडमा संलग्न ११ जनाबिरुद्ध मुद्दा दर्ता

भाटभटेनी तोडफोडमा संलग्न ११ जनाबिरुद्ध मुद्दा दर्ता

काठमाडौं ।

गत चैत १५ गते भएको राजसंस्था पक्षधरको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरमा तोडफोडमा संलग्न ११ जनाविरुद्ध अपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको छ।

यसबाहेक जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ५० जनाबिरुद्ध राजद्रोह र कर्तव्यज्यानलगायतका कसुरमा मुद्दा दर्ता गरेको छ।

भाटभटेनीका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्टलगायतबाट परेको जाहेरीका आधारमा ११ जनाबिरुद्ध अपराधिक कसुरमा मुद्दा दर्ता भएको हो।

मुद्दा दायर भएकाहरुमा २९ वर्षीय श्रवणकुमार लामा, २१ वर्षीय समिर मगर, २० वर्षीय रविरञ्जन कुमार सिंह, ४० वर्षीय एलिसा राई भनिने लक्ष्मी राई, २० वर्षीय आशिककुमार महतो, १९ वर्षीय गोविन्द राय, ४४ वर्षीय सुशिला कुमाल, ३९ वर्षीय निर्मला कार्की, २४ वर्षीय प्रेमकुमार महतो, १९ वर्षीय राधेश्याम यादव र २० वर्षीय दिनेश महतो छन्।

सम्बन्धित् समाचार