गृहपृष्ठ Featured प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए।

बिहान बैठक सुरू भए लगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए । संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २:३० बजे बस्ने भनिएको थियो।

सो समय सीमा भित्र पनि बैठक बस्न नसके पछि सूचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

सम्बन्धित् समाचार