गृहपृष्ठ Featured कपिलवस्तुको पकडीमा निःशुल्क आखा शिविर ः २ सय बढिले सेवा लिए

कपिलवस्तुको पकडीमा निःशुल्क आखा शिविर ः २ सय बढिले सेवा लिए

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउपालिका १ पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर सम्पन्न गरिएको छ । गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिबिर संचालन गरिएको हो ।

शिबिरमा २ सय ५ जनाको आखाको जाच गरिएको र ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए । शिबिरको उदघाटन गर्दै गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बिपन्नलाई लक्षित गरी शिबिर संचालन गरिएको बताए ।

उनले आखाका बिरामीलाई गाउपालिका मै सेवा सुबिधा उपलब्ध गराउन पालिकाले शिबिरको अभियान नै चलाएको बताए । यस अघि वडा नम्बर ६, ८, ३, र ७ मा समेत आखा शिबिर सम्पन्न गरीएको उनले बताए । उनले गाउपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

मोतिया बिन्दुका बिरामीको बुधवार नै तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रेशन हुने अध्यक्ष मुसलमानले बताए । निःशुल्क आखा जाच सहीत मोतिया बिन्दुको अप्रशेन समेत हुने भए पछि बिपन्न परिवार खुशी भएका छन ।

उदघाटन समारोहमा गाउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्लाह धुनिया, गाउपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, लेखा शाखा प्रमुख गिरीराज गौतम लगायतको सहभागीता थियो ।

सम्बन्धित् समाचार