गृहपृष्ठ Featured भारतमा फैलियो कोरोना : एकैदिन ७ जनाको मृत्यु

भारतमा फैलियो कोरोना : एकैदिन ७ जनाको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढेको छ । अहिले भारतमा २ हजार ७ सय जनामा संक्रमण पुष्टि भइसकेको छ ।पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार केरला, महाराष्ट्र र दिल्ली सबैभन्दा बढी प्रभावित राज्यहरूका रूपमा देखिएका छन् । यी राज्यहरूमा संक्रमणको दर तुलनात्मक रूपमा उच्च रहेको छ । अधिकारीहरूले सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरूको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार