गृहपृष्ठ Featured लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संचार केन्द्रको स्थापना गरिएको छ । रुपन्देही व्यापार संघले रक्त संचार केन्द्र स्थापनाका लागि एक करोड ५८ लाख २० हजार रुपैया लगानी गरेको छ। पछिल्लो नया तथा आधुनिक प्रविधियुक्त उपकरण खरिदमा व्यापार संघले लगानी गरेको हो।

जर्मनमा निर्मित अत्याधुनिक मेसिनहरु जडान गरिएको र एकै पटकमा एक हजार युनिट (पोका) रगत संकलन गरी भण्डारण गर्न सक्ने क्षमता रहेको छ। व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्व अन्तरगतको मेघा परियोजनाका रुपमा यसलाई अगाडी सारेर स्थापना गरिएको बताए।

रक्त सञ्चार केन्द्रको उद्घाटन  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै उनले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गरे।

सम्बन्धित् समाचार