गृहपृष्ठ Featured गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद्को अवरोध कायमै राख्ने

गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद्को अवरोध कायमै राख्ने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिनुभयो । त्यस्तै बैठकले सरकारले ल्याएको आउँदो वर्षको बजेटले आधारभूत वर्गलाई नछोएको निष्कर्ष पनि निकालेको उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार