घनश्याम भर
कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा शैक्षिक कार्यक्रम, सार्वजनिक सुनुवाई तथा वार्षिक कार्यक्रमकाे बजेट माथि छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका सभाहल खडैचामा नेपाल पत्रकार महासंघ कपिलवस्तुकाे आयाेजना र विजयनगर गाउँपालिकाकाे समन्वयमा उक्त कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बालबालिकालाई विद्यालय पुर्याउने, टिकाउ र सिकाउने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जाेड दिए । शैक्षिक गुणस्तरीयता बृद्धिका लागि हरेक तबरले लगानी गर्दै गाउँपालिकाले लागेको उनलेे बताए । विद्यार्थीलाई अनुशासित, संस्कारी र मर्यादित वातावरण बनाउन नैतिक शिक्षा आवश्यक रहेकाे बताउँदै कार्यान्वयनमा अध्यक्ष थापाले जाेड दिए । शिक्षामा बढी बजेट विनियोजन गर्ने याेजना रहेकाे समेत उनले जनाए ।
उनलेे विद्यालय क्रमशः पढदै, कमाउदैँ कार्यक्रम लागू गरि सीप सिकाई र आयआर्जनकाे दृष्टिकोणले महत्त्वपूर्ण हुने बताए । तराईका विद्यालयमा पठनपाठनकाे हिसाबले टिनकाे छानाे उपयुक्त नभएकोले गाउँपालिकाले टिनकाे छानाको विस्थापित गर्ने अभियानमा लागेकाे अध्यक्ष थापाले बताए । उनले शैक्षिक सुधार र प्रभावकारिताका लागि आवश्यकता अनुसार विद्यालय मर्ज गरेर जाने उनकाे भनाइ छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले सरकारले लिएका लक्ष्य र उद्देश्य अनुसार विद्यालयकाे मर्ज र नक्शाङ्का विषयमा बढ्ने बताए । उनलेे जिल्ला शिक्षा समन्वय इकाईकाे गाइडलाइन अनुुसार शैक्षिक क्षेत्रका देखिएका चुनाैती र समाधान लगायतका विभिन्न विषयमा लागु गर्ने उनको भनाइ छ ।
यस्तै पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले विद्यालय समितिले शिक्षालाई प्रभावकारी बनाउन लाग्नुपर्ने बताए । उनले शिक्षक र गाउँपालिकाकाे पनि उत्तिकै भूमिका आवश्यक रहेकाे बताए । शिक्षाप्रति चाँसाे भएन भने शिक्षकले जति पढाए पनि उपलब्ध नदेखिने उनले बताए ।
शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले समग्र गाउँपालिकाकाे शिक्षा क्षेत्रका चुनाैती, समस्या, शिक्षाकाे अवस्था, भाैतिक संरचना, शिक्षक दरबन्दी लगायतकाे विषयमा जानकारी गराएका थिए । गाउँपालिकाकाे स्राेत साधनले भ्याएसम्म आवश्यकता अनुसार पालिकाले शिक्षक, भवन निर्माण, स्तराेन्नति, शैक्षिक सामग्रीकाे उपलब्ध गराएकाे साथै खेलकुद पनि जाेड दिएकाे उनलेे बताए ।
कार्यक्रममा जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारी, मदरसाका माैलाना लगायत सराेकारवालाकाे उपस्थिति थियोे ।








