दाङ ।
आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको मृत्यु भएको छ ।
रुकुमको बाफिकोट घर भई तुलसीपुर ८ दुधेना बस्ने विशाल गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर- ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका विशाललाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको थियो । कुटपिटबाट टाउकोमा चोट लागेको थियो ।
उनको उपचारका क्रममा गएराति मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिए ।
कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
विशाल र यक्ष साथी भएको र सामान्य विवादमा कुटपिट हुँदा विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।








