बर्दिया ।
साल जातको अवैध चिरान काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–३ मनकामना टोलस्थित राखिएको चिरान काठ प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो ।
टाँचा नलगाएको चिरान काठ ८१ दशमलव १५ क्यूफिट बजार अन्दाजी मूल्य ३ लाख ६५ हजार १ सय ७५रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।
उक्त काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।