गृहपृष्ठ Featured सुनको मूल्य स्थिर : चाँदीको बढ्यो

सुनको मूल्य स्थिर : चाँदीको बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमरूले जनाएका छन्।

सम्बन्धित् समाचार