गृहपृष्ठ Featured दुई नयाँ फिल्म ‘जन्ते बाख्रो’ र ‘हाउसफूल ५’ प्रदर्शनमा

दुई नयाँ फिल्म ‘जन्ते बाख्रो’ र ‘हाउसफूल ५’ प्रदर्शनमा

प्रकाशित मिति:

काठमाडौं ।

शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘जन्ते बाख्रो’ र हिन्दी भाषाको ‘हाउसफूल ५’ प्रदर्शनमा आएका छन् ।

‘जन्ते बाख्रो’ सोसल कमेडी फिल्म हो । सिमोस सुनुवार निर्देशित फिल्मले मुख्य पात्र कमलले योग्य वधु पाउन गर्ने संघर्षको कथा हो । यो फिल्ममा सौगात मल्लको शीर्ष भूमिका छ ।

आसिफ शाह र गरिमा शर्मा पनि मुख्य भूमिकामा छन् । तपाईंलाई ग्रामिण परिवेशमा सेट गरिएको सोसल कमेडी कथा हेर्न रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्मको रनटाइम १३० मिनेट छ ।

‘हाउसफूल ५’ दुई अलग क्लाइमेक्ससहित प्रदर्शनमा आएको छ । हाउसफूल ५ ‘ए’ र हाउसफूल ५ ‘बी’ क्लाइमेक्ससहित प्रदर्शनमा आएको हो ।

यो फिल्मको मुख्य कथावस्तु ६९ अर्ब पाउण्डका मालिक रञ्जित दोबरियाको हकदार को हुनेछ भन्ने नै हो ।

आफ्नो सम्पत्तिको हकदार जोली नामक बच्चा रहेको उनी बताउँछन् । तर अक्षय कुमार, रितेश देशमुख र अभिषेक बच्चनको नाम पनि जोली नै हुन्छ । उनीहरूले सम्पत्तिको हकदार आफू रहेको दाबी गर्छन् ।

१९ जना स्टार अभिनित यो फिल्म अहिलेसम्म बनेको सबैभन्दा ग्ल्यामरस कमेडी हो । फिल्मको नेतृत्व कमेडीका बादशाह अक्षय कुमारले गरिरहेका छन् । यो फिल्मको रनटाइम १६६ मिनेट छ ।

विहिबारदेखि नेपालमा कमल हासन स्टारर हिन्दी फिल्म ‘थग लाइफ’ पनि रिलिज भएको छ । यो फिल्म एक ग्याङस्टरको कथा हो । यसको रनटाइम १६६ मिनेट छ ।

सम्बन्धित् समाचार