रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छन् ।
पालिकाको वडा-५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार छिमेकीले बिहान १:४० बजे खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । मुस्लोमा पालको शव रहेको स्थानीयले बताएका थिए ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बिहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको हो ।
उनका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछका लागि बोलाइएको र उनको मृत्युबारे अनुसन्धान गरिरहेको उनले बताए ।