दिपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आन्तरीक रोजगारी प्रर्बद्धनबारे सरोकारवालसंग छलफल तथा सुझाव संकलन गरेको छ ।
आइतबार गोरुसिंगेमा रहेको मायाज होटलमा रोजगार रणनीति आवधिक तथा आन्तरिक रोजगार प्रर्बद्धन कार्यक्रमको आयोजना गरि ब्यापक छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख केशब कुमार श्रेष्ठले नगरपालिकाले नगरबासीलाई विभिन्न माध्यमबाट रोजगारीमा जोड्ने काम गरेको बताए । पालिकाले नगर शिक्षक, नगर प्रहरी स्वास्थ्य लगाएतका क्षेत्रमा स्थानीयलाई नै नियुक्त गरी रोजगारी दिएको भन्दै यी कामहरुलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
श्रेष्ठले भने, ‘नगरपालिकाले नागरिकको आवश्यक्ता र उहाहरुको माग बमोजिम विभिन्न प्रकारका सिप सिकाउने काम गरेको छ यसले रोजगारी सिर्जनाको लागि अवसर प्रदान गर्दछ, नगरले जनतालाई सिप सिकाउने दक्ष बनाउने हो, यसमा नागरिकको सक्रियता पनि आवश्यक पर्दछ ।’
‘पालिकाले नगरबासीको लागि विभिन्न काम गरेको छ तर अहिले राम्रो भन्दापनि नराम्रो कामको चर्चा बढी हुन्छ, देशकै आर्थिक अवस्था कमजोर भएको परिपेक्षमा हामीले पनि सिमित बजेटबाट काम गर्नुपर्ने हुन्छ नगरको आन्तरिक स्रोत बढाउन करको दायरा बढाउनुपर्यो त्यो गर्न साथ विभिन्न प्रकारका विरोध सुरु हुन्छ, आय आर्जन नहुँदा घर चल्दैन र कर राजश्व नभए पालिका चल्दैन,’ श्रेष्ठले भने ।
कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रबिन चौधरीले स्थानीय तहको रोजगार निर्माण सम्बन्धी मार्गर्दशन प्रस्तु गरेका थिए । बुद्धभूमि नगरपालिकाको २०८१ जेष्ठ १८ गतेको कार्यपालिका बैठकले ५ वर्षे रोजगारी रणनीति स्विकृत गरेको थियो । जसमा कृषि क्षेत्रमा दिगो उत्पादनशिल रोजगारी, ब्यवसायीक सिप विकास तालिम तथा निर्माण क्षेत्र प्राथामिकतामा रहेका छन् ।
नगरप्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचाहन रोजगार सहायक संगिता जिसिले गरेकी थिइन् ।