बाणगंगा ।
अत्याधिक गर्मी बढेपछि बाणगंगा नगरपालिकाले ४ दिन विद्यालयहरुमा विदा दिएको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने भन्दै नगरपालिकाले सम्पूर्ण शैक्षिक संस्थाहरूमा ४ दिनका लागि विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले जानकारी दिनुभयो ।
सोमबार बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
जिसीका अनुसार जेठ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द हुनेछन् ।
नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख चक्रपाणी अर्यालले विदाका दिनहरुलाई विभिन्न सिकाईको क्षेत्रमा सदुपयोग गर्न विधार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
सो क्रममा आफ्ना बालबालिकालाई पढाईसंगै अन्य जीवनोपयोगी सिप सिकाईका लागि आवश्यक सहजीरकण गर्ने भूमिका अभिभावकले निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।








