गृहपृष्ठ Featured राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार : काँग्रेस नेता कोइराला

राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार : काँग्रेस नेता कोइराला

प्रकाशित मिति:

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको बताएका छन्। उनले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताएका हुन्।

सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको कोइरालाको भनाइ छ।

उनले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, “सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन।”

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति सरकारको आलोचना भइरहेको समयमा डा. कोइरालाको यस्तो धारणा सार्वजनिक भएको हो।

अदालतले केही सञ्चार माध्यमममा प्रकाशित समाचार हटाउन समेत आदेश दिएको छ, जसले प्रेस स्वतन्त्रतामाथि थप बहस सिर्जना गरेको छ।

सम्बन्धित् समाचार