गृहपृष्ठ Featured साझेदारी वन व्यवस्थापनले विकासको दायरालाई फैलाएको छ : राज्यमन्त्री विक

साझेदारी वन व्यवस्थापनले विकासको दायरालाई फैलाएको छ : राज्यमन्त्री विक

नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले साझेदारी वन व्यवस्थापनले वनबाट टाढा रहेका समुदायलाई विकासको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ । साझेदारीले सामाजिक न्याय, समावेशिता र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुपर्ने राज्यमन्त्री विकको भनाई छ ।

 

ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय साझेदारी वन गोष्ठी–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यमन्त्री विकले साझेदारी वन कार्यक्रमले परम्परागत सामुदायिक वन व्यवस्थापनलाई नयाँ आयाम दिएको बताउनु भयो ।

‘साझेदारी वन व्यवस्थापनले विकासको दायरालाई फैलाएको छ । समुदायलाई वनसंग जोडेको छ,’ उहाँले भन्नुभयो ।

उहाले साझेदारी वन कार्यक्रम विशेषतः तराई–मधेशका बासिन्दा, सिमान्तकृत समूह, महिला तथा बसाइँसराइ गरेर आएका समुदायका लागि जीवनस्तर सुधार र आयआर्जनको महत्वपूर्ण साधन बनेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित् समाचार