घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २९ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुका लागि जग्गा नापजाँच सुरु भएको छ । बिहिबार वडा नम्बर १ थराैलीबाट जग्गा नापजाँच कार्यकाे सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष झबिलाल पाेख्रेलले गाउँपालिका र वडाहरुकाे महत्त्वपूर्ण भूमिका भएकाले बढी सक्रियता देेखाउनुपर्नेमा जाेड दिए । उनले भूमि समस्या ठुलो चुनाैतीकाे विषय भएको बताउँदै सबैले आ-आफ्नाे ठाउँबाट सहकार्य गर्नुपर्ने जिकिर गरे । लालपुर्जा दिने हिसाबले तीव्र रुपमा आयाेगले लागेकाे हुँदा फिल्डमा खटिएका प्राविधिकलाई पूर्ण रुपमा सहयोग गर्न स्थानीयबासीलाई आयाेगका अध्यक्ष पाेख्रेलले अनुरोध समेत गरे ।
यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले भूमिहीन र अव्यवस्थित बासाेबासीले लालपुर्जा पाउने प्रतिक्षाकाे घडी सकिएकाे बताउँदै वर्षाैदेखिकाे समस्या समाधान हुने निश्चित भई सकेको बताए । भूमि सम्बन्धी समस्यालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम अगाडी बढाउने अध्यक्ष थापाको भनाइ छ । उनलेे तीव्र रुपमा जग्गा नापजाँच कामलाई भ्याउने गरि सहकार्य गर्दै लागेकाे उनले बताए ।
यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले भूमिहीन र अव्यवस्थित बासाेबासीले जग्गा पाउने सपना साकार भएको बताइन् । लालपुर्जा नभएपछि भाेग्दै आएका समस्यालाई आयाेगले अब छिटै समाधान गर्दै नागरिकलाई पुर्जा प्रमाण-पत्र प्रदान गर्ने बताउँदै जग्गा नापजाँच कार्यमा हरेक तबरले गाउँपालिकाले सहयोग गर्ने उपाध्यक्ष चाैधरीले प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रमलाई विज्ञ सदस्य माेहन केसी, भूमि सम्बन्धी समस्या समाधान आयाेजक जिल्ला सदस्य मञ्जु थारु, टाेप बहादुर बि.क., विजयनगर भूमिहीन दलित, भूमहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सेवा केन्द्रका शाखा प्रमुख बासुदेव जमरकटेल लगायतले सम्बाेधन गरेका थिए ।