गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : स्रोतविनै बजेट बढाउने लबिङमा अर्थमन्त्री, मन्त्री असन्तुष्ट

लुम्बिनी प्रदेश : स्रोतविनै बजेट बढाउने लबिङमा अर्थमन्त्री, मन्त्री असन्तुष्ट

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारले आन्तरिक स्रोत कम भएको भन्दै विभिन्न मन्त्रालय र सांसदहरूलाई ३० देखि ३२ अर्बभित्रकै सिलिङका आधारमा बजेट बनाउन गरेको प्रतिवद्धताविपरीत आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले मुख्यमन्त्री चेतनारायण आचार्य र नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई रिझाएर बजेट बढाउन थालेपछि मन्त्रीहरूले नै असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री आचार्यले यसअघि बजेटको पूर्वतयारीका विषयमा गतवर्ष घाटा बजेट ल्याउँदा कार्यसंचालनमा समस्या आएकाले अहिले ३० अर्ब सेरोफेरोको बजेट आउने बताइरहेका छन् । आर्थिक मामिला मन्त्री कार्कीसहितका मन्त्रीहरुले पनि ३० अर्बभन्दा बजेट माथि जाने आधार नभएको बताएका थिए ।

तर, अहिले कार्कीले बजेट बढाउने तयारी गरेपछि मन्त्रीहरू नै असन्तुष्ट बनेका हुन् ।

सम्बन्धित् समाचार