गृहपृष्ठ Featured तुलसीपुर–घोराही सडकखण्ड : चार लेन बनाउने आर्थिक प्रस्ताव खुल्यो

तुलसीपुर–घोराही सडकखण्ड : चार लेन बनाउने आर्थिक प्रस्ताव खुल्यो

प्रकाशित मिति:

बहुप्रतिक्षित तुलसीपुर–घोराही सडकखण्ड चार लेन बनाउने सम्बन्धी सोमबार आर्थिक प्रस्ताव खोलिएको छ। अबको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन हुनेछ।

यी सबै प्रक्रिया पूरा गर्दा झन्डै डेढ दुई हप्ता जति समय लाग्न सक्नेछ।

सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार त्यसपछि ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी हुनेछ। जसबाट ठेक्का कसलाई पर्छ? भन्ने थाहा हुन्छ।

विष्टका अनुसार बढीमा अबको दुई हप्ताभित्रै  ठेक्का स्वीकृत भइसक्ने छ।

तुलसीपुर–घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव सोमबार खोलिएको हो।

सम्बन्धित् समाचार