घनश्याम भर
कपिलवस्तु ।
कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका-५ नौरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवको चट्याङले मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
डालपुर(नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवको मृत्यु भएको उनले बताए ।
शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जनाए ।








