वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ९२ जना कृषकलाई मिनिटिलर वितरण गरेको छ ।
चालु आर्थिक बर्ष २०८१/८२ को साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगरका ९२ जना कृषकलाई ७ हर्स पावर डिजल इन्जन भएको मिनिटिलर वितरण गरिएको कृषि शाखा प्रमुख देवीराम बेल्बासेले वैखरीलाई जानकारी दिनुभयो ।

किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि कृषि अनुदानमा सामग्री दिइएको बताउनुभयो ।
नगरले हरेक बर्ष किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याउँदै आएको बताउँदै उहाँले किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा उपकरण दिइएको बताउनुभयो ।

उहाँले कृषकको लागी सहज वातावरणको सिर्जना गर्न नगरपालिका लागी परेको बताउँदै परम्परागत कृषिलाई त्यागेर कृषिलाई आधुनिकिरणतर्फ लैजानुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराईले कृषकहरूलाई आधुनिक कृषि प्रविधितर्फ प्रोत्साहन गर्दै उत्पादन वृद्धि तथा कृषि कार्यमा सहजता ल्याउने अपेक्षासहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो ।
यस कार्यक्रमले कृषिमा आत्मनिर्भरता र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण टेवा पु¥याउने उहाँको विश्वास छ ।








