गृहपृष्ठ Featured नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य

नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य

प्रकाशित मिति:

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सबाट १७५ रनको मध्यम लक्ष्य पाएको छ।

ओपनर माइकल लेविटको विस्फोटक अर्धशतकीय पारीको मद्दतले नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको हो।

टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सका लागि लेविटले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रनको सानदार पारी खेले।

शतक बनाउनबाट केवल १४ रनले चुकेका उनी करण केसीको बलमा कप्तान रोहित पौडेलद्वारा क्याच आउट भए।

नेपालको बलिङतर्फ करण केसी सबैभन्दा सफल रहे। उनले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट आफ्नो नाममा लेखाए।

सम्बन्धित् समाचार