गृहपृष्ठ Featured सैनामैनामा मलमला क्षेत्र चुरे जैविक पार्क बन्दै

सैनामैनामा मलमला क्षेत्र चुरे जैविक पार्क बन्दै

प्रकाशित मिति:

बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मलमला मन्दिर क्षेत्रलाई चुरे जैविक पार्क बनाउने योजना अघि बढाइएको छ ।

जिल्लाकै प्रमुख धार्मिक स्थलका रूपमा विकास हुँदै गरेको मलमला मन्दिर क्षेत्र वरिपरि घना जङ्गलसमेत रहेकाले चुरे जैविक पार्कको विकास गर्ने हो भने धार्मिकसँगै पर्यटकीय गन्तव्यसमेत बनाउन सकिने भएकोले चुरे जैविक पार्कका रूपमा विकास गर्ने योजना अघि बढेको हो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले मलमला मन्दिरको विस्तृत गुरुयोजना बनाएर धार्मिक तथा चुरे जैविक पार्कका रूपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको जानकारी दिनुभयो ।  मलमला मन्दिरमा खासगरी दसैँका नौ दिन र चैते दसैँमा ठुलो सङ्ख्यामा भक्तजन भाकल पूरा हुने विश्वासमा दर्शन गर्न आउने गर्दछन् ।

मलमला मन्दिर क्षेत्रको विकासका लागि सैनामैना नगरपालिकाले समेत काम गर्दै आएको छ । नगरपालिकाले एसियाली विकास बैँकको सहयोगमा दुई वर्षअघि यो क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।

सम्बन्धित् समाचार