गृहपृष्ठ Featured मियामीको ऐतिहासिक जित

मियामीको ऐतिहासिक जित

प्रकाशित मिति:

काठमाडौं ।

कप्तान लियोनल मेसीप्रेरित इन्टर मियामीले फिफा क्लब विश्वकप २०२५ मा पोर्चुगलको टिम पोर्टोविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । उत्तर अमेरिकाको कुनै पनि क्लबले फिफा क्लब विश्वकपमा युरोपियन टिमविरुद्ध निकालेको यो पहिलो जित हो ।

बिहीबार राति मर्सिडिज–बेन्ज रंगशालामा मियामीलाई जित दिलाउन टोस्को सेगाभिया र मेसीले गोल गरे । पोर्टोका सामु अगहेहोवाले गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

खेलको आठौँ मिनेटमा प्राप्त पेनाल्टीलाई सामुले सदुपयोग गरेपछि पोर्टोले सुरुआती अग्रता बनाएको थियो । ४७औँ मिनेटमा सेगोभियाको गोलमा मियामी खेलमा फर्कियो ।

५४औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रतामा राखे । पेनाल्टी बक्सभन्दा केहीबाहिर प्राप्त फ्रीकिकमा मेसीले उत्कृष्ट गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । यही गोल निर्णायक बन्दा मियामीले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको मियामी तालिकाको दोस्रो स्थानमा छ । मियामी यसअघि पहिलो खेलमा अल अह्लीसँग गोलरहित बराबरीमा रोकिएको थियो । दुई खेलबाट एक अंकको पोर्टो तेस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार